काठमाडौं । पछिल्लो दुई दिन लगातार दोहारो अंकले बढेको सेयर बजारमा सामान्य गिरावट आएको छ । आज सूचकसँगै कारोबारमा रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सूचक करिब ५ अंकले घटेको छ भने कारोबार रकमा करिब ११ करोडले गिरावट आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ४.९८ अंकले घटेर ११४०.७१ विन्दुमा आइपुगेको छ । आज १६१ कम्पनीको २० करोड ३२ लाख ८७ हजार २३७ रुपैयाँको कारोबार भएको छ । ७ लाख ८५ हजार ७४० कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १६१ कम्पनीमध्ये ९५ कम्पनीको सेयर मूल्य घटेको छ । ३९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका ११ वटा समूहमध्येमा नौ समूहको सूचक ओरालो लागेका छन् भने दुई समूहको सूचक बढेका छन् । आज होटल समूहको सूचक सबैभन्दा धेरै ४९.८८ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ४.५७ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा बैंक अफ काठमाण्डूको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो । यसको २ करोड २२ लाख ८४ हजार १६० रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा बैंक अफ काठमाण्डूको साधरण सेयर र यूनाइटेड फाइनान्सको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । बैंक अफ काठमाण्डूको १ करोड ९१ लाख र यूनाइटेडको १ करोड ५८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज नेशनल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ६.३८ प्रतिशतले बढेके छ भने हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ ।