नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारणसभा, यस्ता छन् ८ एजेन्डा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सातौं वार्षिक साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले भदौ ३० गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको सभा कार्की ब्याङ्क्वेट बबररमहलमा बिहान ११ बजे सुरु हुने छ । कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट घोषणा गरेको ५.२६प्रतिशत लाभांश पारित गर्ने एजेन्डा लैजाने भएको छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने लगायत एजेन्डा लैजाने भएको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने जनाएको छ । त्यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले प्रतावित लाभांश् र सभामा भाग लिन पाउने छन् ।

 

म्युनिख रि-इन्स्योरेन्स बन्यो विश्वकै ठूलो पुनर्बीमा कम्पनी, यी हुन् १० ठूला पुनर्बीमा कम्पनी Read Previous

म्युनिख रि-इन्स्योरेन्स बन्यो विश्वकै ठूलो पुनर्बीमा कम्पनी, यी हुन् १० ठूला पुनर्बीमा कम्पनी

एनएलजी इन्स्योरेन्स कम्पनी र ई बीमा बीच सम्झौता Read Next

एनएलजी इन्स्योरेन्स कम्पनी र ई बीमा बीच सम्झौता