नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले भदौ ५ देखि ७ गतेसम्म उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सीईओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । उनले चालु आवका २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गरेका थिए ।

कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाख सहित विशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको छ ।

कोभिड १९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सवैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

उक्त समान्नितहरु मध्ये प्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो । प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृत्तीय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे ।

उद्घाटन सत्र लगत्तै बैंकर तथा मोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पूर्णमा मोटिभेसन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो काम प्रति उत्साहित बनाएका थिए ।

 

मिटर ब्याजको पासोमा तराईका कृषक, सयौं परिवारको उठीवास Read Previous

मिटर ब्याजको पासोमा तराईका कृषक, सयौं परिवारको उठीवास

आर्थिक संकटमा फसेको श्रीलंकाले लगायो ३०० बढी वस्तुमा आयातमा प्रतिबन्ध Read Next

आर्थिक संकटमा फसेको श्रीलंकाले लगायो ३०० बढी वस्तुमा आयातमा प्रतिबन्ध