कान्ति बाल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंजस्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ ।

बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट  महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरे ।

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ ।

बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ ।

 

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया Read Previous

प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया

जयनगर-बर्दिबास रेलमार्ग निर्माणबारे संसदीय समितिको चासो Read Next

जयनगर-बर्दिबास रेलमार्ग निर्माणबारे संसदीय समितिको चासो