काठमाडौं । प्रभु बैंकले कृषि क्षेत्र विकास कार्यक्रमको लाभग्राहीका लागि विकसित नयाँ कर्जा सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्र नगरमा भदौ ६ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले कार्यक्रम अन्तरगत लाभग्राहीका लागि सहज र सरल तरीका बाट कर्जा उपलब्ध गराउन अलग्गै कर्जा योजना तर्जुमा गरेर कार्यान्वायनमा ल्याउन लागेको हो ।
कर्णाली प्रदेश तथा सो अन्तरगतका शाखा प्रमुखहरुलाई यस कार्यक्रम अन्तरगतका लाभग्राहीहरुलाई सहज रुपमा कर्जा प्रवाह गराई वित्तिय साक्षरता समेत उपलब्ध गराउन बैंकले निर्देशन दिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित लाभग्राहीका लागि प्रभु बैंकद्धारा विकसित नयाँ कर्जा सेवा सम्वन्धि अन्तरक्रियामा बैंकका माइक्रोफाइनान्स हेड चन्द्र बहादुर खत्रीले कर्णली प्रदेशका शाखाहरुलाई यस्तो आग्रह गरेका हुन् ।
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम कृषि क्षेत्र विकास कार्यक्रम हो । कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउनु कार्यक्रमको लक्ष्य रहेको छ ।