धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री सनराइज क्यापिटलले आज बिहान १० बजे आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ३० हजार ८२४ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् भने भाग्यमानी ५ जनाले ११ कित्ता सेयर पाएका छन् । १८ लाख बढीको भने हात रित्तो भएको छ ।

लघुवित्तले साउन २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छभने आइपीओ जारीपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र धौलागिरी लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

एउटा घरले 'रोक्यो' बलम्बु फ्लाइ ओभर निर्माण Read Previous

एउटा घरले 'रोक्यो' बलम्बु फ्लाइ ओभर निर्माण

ठेक्का अलपत्र पार्ने शैलुङसहित ११ निर्माण कम्पनी कालोसूचीमा (नामसहित) Read Next

ठेक्का अलपत्र पार्ने शैलुङसहित ११ निर्माण कम्पनी कालोसूचीमा (नामसहित)