ठेक्का अलपत्र पार्ने शैलुङसहित ११ निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । सरकारले ठेक्का लिएर काम अलपत्र पार्ने शैलुङ कन्स्ट्रक्सन ११ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने कम्पनीमा सबैभन्दा विवादित शैलुङ कन्स्ट्रक्सन समेत रहेको छ । देशभर १ दर्जन बढी ठेक्का अलपत्र पारेको शैलुङलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो ।

शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो । त्यसैगरी, कार्यालयले एमएस जेहोङडिङ इन्टरनेशनल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना, चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन र अरभली इन्फ्रापावर लिमिडेटलाई पनि ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।

त्यसैगरी, बलिया कन्स्ट्रक्सन, जोनसोन कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जस्ट इन टाइम कन्स्ट्रक्सन, एस्पियल ग्रुप अफ इन्जिनियस, सर्जिमेड डिस्ट्रिक्युटर्स र तुम्येहाङ निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

त्यस्तै, महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउनेछैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

ज्याला नपाएको विरोधमा उत्रिएका नेपालीसहित आप्रवासी श्रमिकलाई कतारद्वारा निकाला Read Next

ज्याला नपाएको विरोधमा उत्रिएका नेपालीसहित आप्रवासी श्रमिकलाई कतारद्वारा निकाला