हिमालयन र बीओकेले फिर्ता पाए १० वर्ष अघि डुबेको झन्डै २ अर्ब

काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) १० वर्ष अघि डुबेको झन्डै पौने २ अर्ब रुपैयाँ फिर्ता पाएका छन् । दुई बैंकले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेको काउन्टर ग्यारेन्टी बस्दा डुबेको रकम फिर्ता पाएका हुन् ।

दुई साता अघि चिनियाँ अदालतले दुई बैंकको पक्षमा फैसला गरेको थियो । सोही अनुसार मंगलबार हिमालयन र बीओकेले झन्डै पौने २ अर्ब रुपैयाँ फिर्ता पाएका हुन् ।

दुवै बैंकले फिर्ता पाएको रकम स्ट्याण्डर्ड चार्टर्ड बैंकको खातामा आएको हो । बीओकेको करिब १ अर्ब (६६ लाख २५ हजार डलर र १४ लाख ११ हजार यूरो) र हिमालयनको करिब ८० करोड (६६ लाख डलर) रुपैयाँ रकम फिर्ता पाएका हुन् ।

२००९ मा चिनीयाँ निमार्ण कम्पनी चाइना रेल्वेले मेलम्चीको सुरुङ्ग खन्ने ठेक्का पायो थियो । चाइना रेल्वेले २०१२ सम्ममा ६४४४ मिटर सुरुङ खनीसकेपछि बीचैमा काम छाडरे भागेपछि जमानत ग्यारेन्टी बसेका यी दुई बैंकको करिब पौने अर्ब बढी रकम फसेको थियो ।

त्यसपछि दुवै बैंकले चाइना रेल्वेविरुद्ध चीनको अदालतमा मुद्दा हालेको थिए । साउन तेस्रो साता चिनियाँ अदालतले नेपाली बैंकले ग्यारेन्टी बसेबापतको पैसा फिर्ता पाउने फैसला गरिदिएको थियो ।

रिडी पावरको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता ? Read Previous

रिडी पावरको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता ?

अलैँचीको मूल्यमा उच्च गिरावट, प्रतिमन १ लाखबाट ३० हजारमा झर्‍यो Read Next

अलैँचीको मूल्यमा उच्च गिरावट, प्रतिमन १ लाखबाट ३० हजारमा झर्‍यो