नबिलले ल्यायो ‘नबिल ढुक्क मुद्दती खाता’, १० गुणासम्म रकम पाइने

काठमाडौं । नबिल बैंकले आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्दती खाता’ योजना ल्याएको छ । यस खाता योजना अनुसार ग्राहकले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि १० गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।

यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

त्यसैगररी, विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले ३ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउने छन् ।

बाँझो जग्गा प्रदेश सरकारले उपयोगमा ल्याउने, कृषि अनुदान वर्गीकरण Read Previous

बाँझो जग्गा प्रदेश सरकारले उपयोगमा ल्याउने, कृषि अनुदान वर्गीकरण

रिडी पावरको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता ? Read Next

रिडी पावरको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता ?