इष्टर्न हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका भोजपुरवासीक लागि आइपीओ जारी गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा भदौ २१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

१३ लघुवित्तको खराब कर्जा ४ प्रतिशत माथि, कुनको कति ? Read Previous

१३ लघुवित्तको खराब कर्जा ४ प्रतिशत माथि, कुनको कति ?

श्रृजनशील लघुवित्तले भदौ १५ देखि आइपीओ निष्काशन गर्ने Read Next

श्रृजनशील लघुवित्तले भदौ १५ देखि आइपीओ निष्काशन गर्ने