१३ लघुवित्तको खराब कर्जा ४ प्रतिशत माथि, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

लघुवित्तहरूको नाफामा गिरावट आएको छ । औसतमा लघुवित्तहरूको नाफा २.२६ प्रतिशतले घटेको छ । सूचीकृत ५६ लघुवित्तमध्ये २६ वटा लघुवित्तको नाफा घटेको छ भने ३० वटाको बढेको छ ।

बैंकको ब्याजदर बढ्दा लागत बढ्न गई लघुवित्तहरूको पनि नाफा प्रभावित भएको छ । नाफा घटेसँगै लघुवित्तहरूको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष औसतमा ४५ रुपैयाँ रहेको लघुवित्तहरूको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ३७ रुपैयाँमा आएको छ ।

लगानी गरेको ऋण असुल्न नसक्दा लघुवित्तहरूको खराब कर्जा पनि बढेको । समीक्षा अवधिमा लघुवित्तहरूको खराब कर्जा औसतमा २.६८ प्रशित रहेको छ । कम्पनीहरूको खराब कर्जा बढी हुनु भनेको वित्तीय स्वस्थ्य बिग्रिनु हो ।

यी हुन् धेरै खराब कर्जा हुने लघुवित्तहरू

समीक्षा अवधिमा १३ लघुवित्तको खराब कर्जा ४ देखि ५ प्रतिशतको बीचमा रहेको छ । जसमा आरम्भ चौतारी लघुवित्तको सबैभन्दा धेरै ४.९४ प्रतिशत रहेको छ ।

त्यसैगरी, वीन नेपाल लघुवित्तको खराब कर्जा ४.९३, नाडेप लघुवित्त ४.८९, किसान लघुवित्त ४.८८, नेरुडे ४.७४, ग्रामीण विकास ४.४९, नेष्डो ४.४७ र धौलागरी ४.३७ प्रतिशत रहेको छ ।

त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स ४.५४, सामुदायिक ४.४२, मनकामना स्मार्ट ४.२२, गुराँस लघुवित्त ४.१७ र विजया लघुवित्तको ४.०८ प्रतिशत रहेको छ ।

 

कतार विश्वकप फुटबल : यी १२ कारण अरूभन्दा फरक Read Previous

कतार विश्वकप फुटबल : यी १२ कारण अरूभन्दा फरक

इष्टर्न हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Next

इष्टर्न हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?