काठमाडौं । सनराइज बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै दशैंको विदाका दिनमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशका विभिन्न १४ वटा शाखा सञ्चालनमा ल्याउने भएको छ ।
बैंकले एक सूचना जारी गर्दै दशैं विदामा सञ्चालन हुने शाखाहरुको सूची सार्वजानिक गरेको छ । दशैं विदाको समयमा पनि काठमाडौं उत्पत्यका भित्र ४ वटा शाखा, र उपत्यका बाहिरका १० वटासहित १४ वटा शाखा कार्यालय १० बजेदेखि १२ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।
बैंकको अनुसार उपत्यका भित्रका मुख्य कार्यालय गैह्रीधारा, गावाहल, न्यूरोड र भक्तपुर शाखा कार्यालय सञ्चालनमा आउने भएका छन् ।यस्तै, उपत्यका बाहिर वीरगंज, गाईघाट, विराटनगर, पोखरा, नारायणगढ, राजविराज, गौर, धनगढी, महेन्द्रनगर र नेपालगंज शाखा खुल्ला रहनेछन् ।
असोज २१ गते दशैंको टिकाको दिन भने गैह्रिधारा र गावाहल शाखा मात्र खुल्ने बैंकले जनाएको छ ।
