सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ईआइए स्वीकृत

काठमाडौं । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत भएको छ ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले उक्त सडकको ईआइए स्वीकृत गरेका हुन् । मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्नेगरी ईआइए स्वीकृत गरेका हुन् ।

ईआइए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो । मन्त्री यादवले इआइए स्वीकृत गरेपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ । उनले विभिन्न कारणले रोकिएका करिब एक दर्जनभन्दा बढी आयोजनाका ईआइए स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।

बरुण हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Previous

बरुण हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

साउनमा ३ बैंकको मात्र निक्षेप बढ्दा १२ को कर्जा घट्यो, कुनको कति ? Read Next

साउनमा ३ बैंकको मात्र निक्षेप बढ्दा १२ को कर्जा घट्यो, कुनको कति ?