बरुण हाइड्रोपावरको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले आज (बिहान १० बजे)देखि हकप्रद सेयर निष्काशन तथा विक्री खुला गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातका हकप्रद सेयर निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद विक्रीमा ल्याएको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि साउन २ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन पाउने छन् ।

हकप्रदमा आरबीमर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन पाइने छ । हकप्रदमा भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद सेयरको विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ दिएको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ।

हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ।

चुनावका लागि १० अर्ब बजेट तर्जुमा, २ लाख जनशक्ति Read Previous

चुनावका लागि १० अर्ब बजेट तर्जुमा, २ लाख जनशक्ति

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ईआइए स्वीकृत Read Next

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकको ईआइए स्वीकृत