एनआइसी एशियाका ग्राहकलाई भाटभटेनीमा किनमेल गर्दा १५ प्रतिशत छुट

काठमाडौं। एनआइसी एसिया बैंकले दशैंमा आफ्ना ग्राहकहरुका लागि दशैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ। देशका विभिन्न शहरमा रहेको भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा छुट पाउने छन्।

 

प्रत्येक खरिदमा १५ प्रतिशत वा प्रत्येक ६ हजार ६७६ रुपैयाँको खरिदमा एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन। एनआईसी एशिया बैंकको ग्राहक नभएकाहरुका लागि बैंकले भाटभटेनी सुपरमार्केटमा स्टल राखेको छ। त्यनहाँ गएर नयाँ खाता खोल्न सकिनेछ। र त्यहाँबाट तुरुन्तै डेविट कार्ड प्राप्त गर्न सकिनेछ।

 

बैंकले यो सेवा असोज ८ गतेबाट सुरु गरेको हो। कात्तिक १६ गतेसम्म योजना लागू हुने छन्। योजनासँगै बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको विज्ञप्तिमा उल्लेख छ।

 

छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार त्यही गतिमा भइरहेको बैंकले जनाएको छ।

१२ लाख बराबरको अवैध सुनसहित चावहिलबाट दुई पक्राउ Read Previous

१२ लाख बराबरको अवैध सुनसहित चावहिलबाट दुई पक्राउ

आजदेखि ५० शहरमा टेलिकमको फोरजी सेवा Read Next

आजदेखि ५० शहरमा टेलिकमको फोरजी सेवा