१२ लाख बराबरको अवैध सुनसहित चावहिलबाट दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ‘त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौं, उनले भने।

 

पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य १२ लाख नेपाली रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।

स्मार्ट मिटरका लागि सर्वेक्षण शुरु, पहिलो चरणमा ९० हजार मिटर जडान गरिने Read Previous

स्मार्ट मिटरका लागि सर्वेक्षण शुरु, पहिलो चरणमा ९० हजार मिटर जडान गरिने

एनआइसी एशियाका ग्राहकलाई भाटभटेनीमा किनमेल गर्दा १५ प्रतिशत छुट Read Next

एनआइसी एशियाका ग्राहकलाई भाटभटेनीमा किनमेल गर्दा १५ प्रतिशत छुट