३ महिनापछि सुकेटार विमानस्थलमा उडान, अब साताको ३ उडान हुने, भाडादर कति ?

फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो ।

जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए ।

उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल ९ हजार २०० रुपैयाँ भाडादर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो ।

लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ ।

धेरै खपत हुने मुख्य तरकारी नेपालमा कति हुन्छ उत्पादन ? Read Previous

धेरै खपत हुने मुख्य तरकारी नेपालमा कति हुन्छ उत्पादन ?

पश्चिम सेती जलविद्युत् : ४० वर्षदेखिको सपना यथार्थतामा परिणत हुँदै Read Next

पश्चिम सेती जलविद्युत् : ४० वर्षदेखिको सपना यथार्थतामा परिणत हुँदै