सोल्टी होटलको आम्दानी तेब्बरले बढ्यो, खुद नाफा कति ?

काठमाडौं । सोल्टी होटलको खुद नाफामा उल्लेख्य सुधार आएको छ । अघिल्लो वर्ष साढे २२ करोड घाटामा रहेको कम्पनी गत वर्षमा नाफा कमाउन सफल भएको छ ।

कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको संचालन आम्दानी र कुल आम्दानी बढेसँगै खुद नाफामा उल्लेख्य बढोत्तरी आएको हो । कोरोना प्रभाव कम भएसँगै पर्यटकीय गतिविधि बढ्दा होटलको नाफामा ठूलो सुधार आएको हो ।

समीक्षा अवधिमा होटलको संचालन नाफा ३१ करोड ९५ लाख रुपैयाँ रहेको छ । जबकी अघिल्लो वर्ष १७ करोड २४ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

यस्तै, समीक्षा अवधिमा कम्पनीको आम्दानी तेब्बरले बढेको छ । असार मसान्तसम्म होटलको कुल आम्दानी २०२.१६ प्रतिशतले बढेर १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष होटलले जम्मा ४५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टीको रिजर्भ कोषमा ८९ करोड १२ लाख रुपैयाँ छ ।

नाफामा उल्लेख्य सुधार आएसँगै होटलको प्रतिसेयर आम्दानी धनात्मक भएको छ । समीक्षा अवधिको होटलको प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ पुगेको छ । जबकी अघिल्ले वर्ष २.६७ रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १७ रुपैयाँबाट बढेर २०.५८ रुपैयाँ पुगेको छ ।

शून्य लागतमा मलेसियामा रोजगारी, पहिलो चरणमा १ हजार जना लैजाने Read Previous

शून्य लागतमा मलेसियामा रोजगारी, पहिलो चरणमा १ हजार जना लैजाने

धेरै खपत हुने मुख्य तरकारी नेपालमा कति हुन्छ उत्पादन ? Read Next

धेरै खपत हुने मुख्य तरकारी नेपालमा कति हुन्छ उत्पादन ?