सिटिजन्स बैंककोे इन्टरनेट बैकिङ्ग सेवा विस्तार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसले आफ्नो ‘एक्सप्रेस बैंकिङ्ग’ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नयाँ हाल कायम रहेको इन्टरनेट बैंकिङ्गमा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ ।

 

यस अगावै  ‘एक्सप्रेस बैंकिङ्ग’ मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो ।

 

यसै क्रममा पुरानो इ–बैंकिङ्ग सेवा प्रयोग गरिरहेका ग्राहकलाई बैंकको कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई–बैंकिङ्ग सेवाको लगइन एंव पासवर्ड लिन सक्ने बैंकले जनाएको छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहक वर्गहरुले घरमै वसिबसि विभिन्न सुविधाहरु उपभोग गर्न सक्नेछन् ।

 

अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ । आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

 

हाल बैंकले देशभरका ८२ वटा शाखा, ७९ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ

पर्यटन वर्षलाई लक्षित गर्दै धुञ्चे पोखरा बस सेवा सञ्चालन Read Previous

पर्यटन वर्षलाई लक्षित गर्दै धुञ्चे पोखरा बस सेवा सञ्चालन

बीउ र मल ग्यारेन्टी गर्न किसानलाई परिचय पत्र Read Next

बीउ र मल ग्यारेन्टी गर्न किसानलाई परिचय पत्र