काठमाडौं । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपालमै पहिलो पटक हुन लागेको ‘नाडा ईभी शो २०२२’ को स्टल बुकिङ खुला भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको उक्त शोको बुकिङ भदौ १ देखि ५ गतेसम्म खुला गरिएको मेला आयोजक समितिका सभापति सभापति अनुप बरालले जानकारी दिए ।
नेपालमै पहिलो पटक हुन लागेको ईभी शोलाई भव्य बनाउन सबैलाई अपिल गर्दै नाडा महासचिव सुरेश उप्रेतीले आवश्यक सहयोग गर्न सदस्यहरुलाई आग्रह गरेका छन् ।