नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । नेप्सेमा श्वेत गंगा हाइड्रोपावर र अपर सोलु हाइड्रोको आइपीओ सूचीकृत भएको हो ।

नेप्सेका अनुसार श्वेत गंगा हाइड्रोपावरको १ करोड ५९ लाख ३० हजार कित्ता सेयर सूचीकरण भएको हो । नेप्सेमा सूचीकृत र्भसँगै बुधबारदेखि यस कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

नैप्सेले श्वेत गंगालाई पहिलो कारोबारका लागि न्यूनतम ८९.८८ रुपैयाँदेखि अधिकतम २६९.६४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । SGHC संकेत चिह्नमा यसको कारोबार खुला हुनेछ ।

यस्तै, अपर सोलु हाइड्रोको १ करोड ३५ लाख कित्ता सेयर सूचीकरण भएको हो । यसको पहिलो कारोबारका लागि नेप्सेले १०८.२१ रुपैयाँदेखि अधिकतम ३२४.६३ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

कम्पनीको कारोबारका लागि नेप्सले USHC संकेत चिह्न प्रदान गरेको छ ।

रेमिट्यान्स आप्रवाहमा कीर्तिमान, गत वर्ष ४.८ प्रतिशतले बढ्यो Read Previous

रेमिट्यान्स आप्रवाहमा कीर्तिमान, गत वर्ष ४.८ प्रतिशतले बढ्यो

'नाफाखोरी' सरकार, पेट्राेल लिटरमै ३३ रुपैयाँ घट्दा पनि १ पैसा घटाएन भाउ Read Next

'नाफाखोरी' सरकार, पेट्राेल लिटरमै ३३ रुपैयाँ घट्दा पनि १ पैसा घटाएन भाउ