आइएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

काठमाडौं । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउने छन् ।

अफर अन्तर्गत हरेक हप्ता एक जना विजेताले स्मार्टफोन जित्नु सक्नेछन् । यो अफर साउन २७ गतेदेखि भदौ १० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

 

अभियान लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

अभियान लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

कहिल्यै सुध्रिन नसकेको नेपालको यातायात क्षेत्र, यस्ता छन् विश्वका उत्कृष्ट सार्वजनिक यातायात Read Next

कहिल्यै सुध्रिन नसकेको नेपालको यातायात क्षेत्र, यस्ता छन् विश्वका उत्कृष्ट सार्वजनिक यातायात