अभियान लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् भने १८ लाख ८७ हजार २१९ जनाको हात रित्तो भएको छ ।

लघुवित्तले साउन १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ भने आइपीओ निष्काशनपछि २५ करोड रुपैयाँ पुग्नेछ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र अभियान लघुवित्तको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

थपिँदै जीआइ पाइप बनाउने उद्योग, २ अर्ब लगानीमा दुई नयाँ उद्योग खुल्दै Read Previous

थपिँदै जीआइ पाइप बनाउने उद्योग, २ अर्ब लगानीमा दुई नयाँ उद्योग खुल्दै

आइएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर Read Next

आइएमईको ‘घण्टी बज्यो’ अफर : रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर