धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले साउन २४ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

निष्काशन भएको कुल सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेययरका लागि सुसर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छभने आइपीओ जारीपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

वाणिज्य बैंककाे वितरणयाेग्य नाफा १६ प्रतिशत,कुनले कति दिन सक्छन् ? Read Previous

वाणिज्य बैंककाे वितरणयाेग्य नाफा १६ प्रतिशत,कुनले कति दिन सक्छन् ?

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आइपीओ निष्काशन गर्ने