इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका भोजपुरवासीक लागि आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा भदौ २१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

धौलागिरी लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

कारबाही बढे पनि घटेन कालोबजारी Read Next

कारबाही बढे पनि घटेन कालोबजारी