सर्लाहीमा २ हजार २०० नयाँ उद्योग दर्ता

सर्लाही । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा २ हजार १८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार ५४१ कृषिजन्य उद्योग दर्ता भएका छन् ।

आव २०७८/७९ मा सेवामूलक ४१५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए । उनका अनुसार आव २०७७/७८ मा १ हजार ९४३ नयाँ उद्योग दर्ता भएका थिए ।

आव २०७७/७८ मा आव २०७८/७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ १ हजार ३२४ उद्योग दर्ता भएका थिए । सेवातर्फ ४३० र उत्पादनतर्फ १८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए ।

आव २०७८/७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट २ करोड ९१ हजार राजस्व सङ्कलन भएको छ । जिल्लामा आव २०७८र७९ मा ५ हजार ४३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ ।रासस

स्मार्ट सिटी : सहरको संख्या ५४ पुग्यो, निर्माण भने एउटा पनि भएन Read Previous

स्मार्ट सिटी : सहरको संख्या ५४ पुग्यो, निर्माण भने एउटा पनि भएन

राष्ट्र बैंकको बैंक पोस्ने नीतिले साना ऋणी मर्कामा : चेम्बर अफ कमर्श Read Next

राष्ट्र बैंकको बैंक पोस्ने नीतिले साना ऋणी मर्कामा : चेम्बर अफ कमर्श