सिटिजन्स बैंकका ग्राहकले कर्णाली र्‍याफ्टिङमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कैलाली, टिकापुरस्थित कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालि बीच आर्कषक छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले कर्णाली र्‍याफ्टिङका प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ । यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ईकेवाइसी तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ ।

साथै, बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ ।

सिटिजन्स बैंकले हाल देशभरका १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

४ दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा Read Previous

४ दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ? Read Next

सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?