नेशनल माइक्रोफाइनान्सको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २७.१२ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ४० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.६३ प्रतिशतले बढेर ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा २७.५३ प्रतिशतले बढेर ६३ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ३ अर्ब १२ करोड निक्षेप संकलन र ६ अर्ब ३६ करोड रुपैयाँ सापटी लिइ कुल १० अर्ब ७२ करोड कर्जा प्रवाह गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ७४ करोड ५४ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६८.४४, प्रतिसेयर नेटवर्थ २२७.७५ रुपैयाँ, खराब कर्जा २.४५ प्रतिशत र मूल्य आम्दानी अनुपात २८.२७ गुणा रहेको छ ।

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा Read Previous

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

४ दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा Read Next

४ दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा