नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । सोमबार १७ अंकले घटेको नेप्सेमा आज उच्च अंकको गिरावट आएको हो । पछिल्ला दुई कारोबार दिनमै नेप्से ६० अंकले घटेको छ ।

मंगलबार नेप्से ४३.३५ अंकले घटेर २०६२.८० विन्दुमा आइपुगेको छ । यसदिन २२२ कम्पनीको २ अर्ब ८२ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ४.८४ प्रतिशतले घटेको छ ।

आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट १३ करोड र हिमालयन डिस्ट्रीलरी १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज गणपति लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ७.२७ प्रतिशत गुमाएका छन् । त्यसैगरी, घलेम्दी हाइड्रोपावर ६.६८, पञ्चकन्यामाइ हाइड्रोपावर ६.४९, न्यादी ६.४०, मध्यभोटेकोशी ६.३१, राष्ट्र उत्थान लघुवित्त ६.१३, नेपाल टेलिकम, युनियन हाइड्रो, सालिङ पावर जोही हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सृजनशील लघुवित्तले पायो आइपीओ निष्काशन गर्न अनुमति Read Previous

सृजनशील लघुवित्तले पायो आइपीओ निष्काशन गर्न अनुमति

असमान तलब वृद्धि : 'लोभी स्वार्थी झुण्ड'को अनैतिक काम Read Next

असमान तलब वृद्धि : 'लोभी स्वार्थी झुण्ड'को अनैतिक काम