सृजनशील लघुवित्तले पायो आइपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । सृजनशील लघुवित्त वित्तीय संस्थाले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार लघुवित्तलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

लघुवित्तले जारी पूँजीको ३६ प्रतिशत बराबर प्राथमिक सेयर जारी गर्न वैशाख २२ गते बोर्डमा आवेदन दिएको थियो।हाल ७ करोड चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशनपछि १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

आइपीओ जारी गर्न लघुवित्तले यस अघि नै सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ।

९२.४ प्रतिशत धान रोपाइँ, कुन प्रदेशमा कति रोपियो ? Read Previous

९२.४ प्रतिशत धान रोपाइँ, कुन प्रदेशमा कति रोपियो ?

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी