निर्धन उत्थान लघुवित्तको खुद नाफा १ अर्ब माथि, लाभांश क्षमता कति ?

काठमाडौं । निर्धन लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १३.५० प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले १ अर्ब १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.७६ प्रतिशतले घटेर २ अर्ब ९ रुपैयाँमा सीमित भएको छ । यस्तै, संचालन मुनाफा ४३.९८ प्रतिशतले घटेर १ अर्ब ४७ करोडमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले १८ अर्ब १८ करोड करोड निक्षेप संकलन र ६ अर्ब २८ करोड सापटी लिइ कुल २७ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ८० करोड, रिटेन्ड अर्निङमा ८२ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ८० करोड २० लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई साढे ३६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २३.२९ रुपैयाँले घटेर ४६.८५ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१९.८६ रुपैयाँ, खराब कर्जा ३.१३ प्रतिशत र मूल्य आम्दानी अनुपात २३.४६ गुणा रहेको छ ।

नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

७५० मेगावाटको पश्चिम सेतीको समझदारीपत्र स्वीकृत, माथिल्लो मस्र्याङ्दी-२ ले पायो सर्भेक्षण अनुमति Read Next

७५० मेगावाटको पश्चिम सेतीको समझदारीपत्र स्वीकृत, माथिल्लो मस्र्याङ्दी-२ ले पायो सर्भेक्षण अनुमति