नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको ३१.५७ प्रतिशत लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कोषले प्रस्तावित लाभांश पारित गर्न साधरण सभा प्रयोजनाका लागि भोलि (साउन २५ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले गत वर्षको लाभांश पाउने छन् ।

कोषेले आव २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद गरी कुल ३१.५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् । कोषको २७ औं वार्षिक साधरण सभा भदौ ६ गते हुँदैछ ।

धौलागिरी लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

धौलागिरी लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

निर्धन उत्थान लघुवित्तको खुद नाफा १ अर्ब माथि, लाभांश क्षमता कति ? Read Next

निर्धन उत्थान लघुवित्तको खुद नाफा १ अर्ब माथि, लाभांश क्षमता कति ?