धौलागिरी लघुवित्तको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आज (बिहान १० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला हुने भएको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आआइपीओ विक्रीम ल्याएको हो ।

निष्काशन भएको कुल सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेययरका लागि सुसर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सो आइपीओमा साउन २९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छभने आइपीओ जारीपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

 

भायानेटको नयाँ शाखा बाराको परवानीपुर र सिमरामा Read Previous

भायानेटको नयाँ शाखा बाराको परवानीपुर र सिमरामा

नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

नागरिक लगानी कोषको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन