नेप्सेमा दोहोरो अंकको गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । लगातार ८० अंकले घटेर आइतबार १० अंकले बढेको नेप्से फेरि आज दोहोरो अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकमा भने झिनो सुधार आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम १८ करोडले बढेर पौने ३ अर्ब नाघेको छ ।

सोमबार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा आइपुगेको छ । यसदिन २१४ कम्पनीको २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड र उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै २.५४ प्रतिशतले घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक पौने ११ करोड र नागरिक लगानी कोष ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

हेटौंडामा ५ वटा गाडी एकै ठाउँमा ठोक्किए Read Previous

हेटौंडामा ५ वटा गाडी एकै ठाउँमा ठोक्किए

१२ बैंकको खराब कर्जा घट्दा १४ को बढ्यो, कुनको कति ? (सूचीसहित) Read Next

१२ बैंकको खराब कर्जा घट्दा १४ को बढ्यो, कुनको कति ? (सूचीसहित)