१२ बैंकको खराब कर्जा घट्दा १४ को बढ्यो, कुनको कति ? (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरु  औसतमा खराब कर्जा (नन प्रर्फमिङ लोन) घटाउन सफल भएका छन् । कर्जा विस्तारका लागि लगानी योग्य रकम अभावका बाबजुत व्यवसाय विस्तारको दबाबमा रहेका बैंकहरुले खराब कर्जा भने घटाएका हुन् ।

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकको औसतमा खराब कर्जा १.२५ प्रतिशत रहेकोमा २०७८/७९ को मसान्तसम्म ०.१० प्रतिशतले घटेर १.१५ प्रतिशतमा सीमित भएको हो ।

औसतमा बैंकहरुले खराब कर्जा घटाए पनि संख्यात्मक हिसाबमा घटाउनेभन्द बढ्ने बैंकको संख्या धेरै छ । गत वर्ष २६ वाािण्ज्य बैंकमध्ये १२ वटाको खराब कर्जा घटाएको छन् भने १४ वटाको बढेको छ ।

बैंकले लगानी गरेको रकम ऋणिले तिर्न नसक्ने अवस्थालाई खराब कर्जामा गणना गरिन्छ । गत वर्षमात्र बैंकहरुले साढे ५ खर्ब रुपैयाँ विस्तार गरेका थिए । कुनै बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा कम छ भने त्यसलाई सामान्य मानिन्छ भने त्योभन्दा धेरै भए बैंक तथा वित्तीय संस्था नै संकटमा पर्नसक्ने जोखीम रहने बताइन्छ ।

वित्तीय संस्थाको लगानी कति जोखिममा छ भन्ने जानकारीका लागि त्यो संस्थाको खराब कर्जा कति छ भनेर हेरिन्छ । बैंक तथा वित्तीय संस्था आर्थिक मजबुतिको लागि खराब कर्जा नियन्त्रण गर्ने प्रयास संस्थाहरुले गर्छन् । यद्यपि, कतिपय क्षेत्रमा गरिएको लगानीको प्रतिफल नआउन पनि सक्छ जसको कारण बैंकको व्यवसाय विस्तार र नाफामा संकूचन आउँछ ।

एकातिर कोभिडले आर्थिक गतिविधि ठप्प हुँदा ऋण तिर्न नसक्ने अवस्थामा ऋणि पुगे पनि अर्कोतिर बैंकको खराब कर्जामा भने कमि आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको धितो लिलामिमा सक्रियता बढाएको ऋणिहरुले बताउने गरेका छन् ।

जसको कारण पनि खराब कर्जाको आकार सानो छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको अवस्था हेर्दा जोखिमयोग्य नभएर सामान्य रहेको बैंकरहरु बताउँछन् ।

कुन बैंकको खराब कर्जा कति ?

सबैभन्दा धेरै खरब कर्जा हुनेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको २ प्रतिशत रहेको छ । गत वर्ष कर्जा घटाउन सफल पनि सोही बैंक भएको छ । यस बैंकले एक वर्षमा ३ बाट १ प्रतिशतले घटाएको छ ।

सबैभन्दा कम नेपाल एसबीआई बैंकको खराब कर्जा ०.१५ प्रतिशत रहेको छ । एनसीसी बैंकको खराब कर्जा १.९३ प्रतिशत रहेको छ । गत वर्षमा सबैभन्दा धेरै नबिल बैंकको ०.७ प्रतिशतले खराब कर्जा बढेको छ ।

यसैगरी, कृषि विकास बैंक,बैंक अफ काठमान्डू,सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक, सिटिजन बैंक, ग्लोबल आइएमई बैंक,नबिल बैंक,नेपाल बैंक,इन्भेष्टमेन्ट बैंक,एनएमबी बैंक,प्राइम कमर्सियल बैंक,प्रभु, सिद्धार्थ र सनराइज बैंकको खराब कर्जा १ प्रतिशत बढी रहेको छ ।

एभरेष्टको ०.२४, हिमालयनको ०.७७, कुमारीको ०.९६, लक्ष्मी ०.८९, माछापुच्छ्रे ०.८४,मेगा ०.७४, एनआइसी ०.४९, सानिमा ०.३५ र स्ट्याण्डर्ड चाटर्ड ०.५९ प्रतिशत कर्जा खराब रहेको बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणहरुले देखाउँछ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

साढे २ अर्ब खर्चेर भरतपुरका सडकमा बिजुलीको तार भूमिगत गरिँदै Read Next

साढे २ अर्ब खर्चेर भरतपुरका सडकमा बिजुलीको तार भूमिगत गरिँदै