हेटौंडामा ५ वटा गाडी एकै ठाउँमा ठोक्किए

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ५ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । सोमबार बिहान राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी एकआपसमा ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परि डेढ दर्जन घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको जनाइएको छ ।

सुरुमा ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको थियो । त्यसपछि ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो । त्यसपछि ट्यांकर पल्टिएर बा ७ च ९६०४ नम्बरको कारलाई थिचेको थियो ।

फेरि सोही ट्रकले सडकमा रोकिराखेको प्रदेश २-०३-००१-ख २५०६ नम्बरको लरीलाई ठक्कर दिएको हो। घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।

चितवनमा २ अर्ब लगानीमा क्यान्सर अस्पताल, दशैंअघि नै संचालनमा आउने Read Previous

चितवनमा २ अर्ब लगानीमा क्यान्सर अस्पताल, दशैंअघि नै संचालनमा आउने

नेप्सेमा दोहोरो अंकको गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको गिरावट, २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट