माइ पेले सार्वजनिक गर्‍यो ‘माइ पे क्वाइन’

काठमाडौं । माइ पे डिजिटल वालेटले नयाँ विशेषताको रूपमा माइ पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर १ रुपैयाँ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यससँगै माइ पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माइ पे को भनाइ छ ।

उदाहरणको लागि तपाईंले माइ पे बाट रु १,००० को मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (रु ४०) फिर्ता हुन्छ । जसमा रु २० क्यासको रूपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रूपमा जम्मा हुन्छ । माइं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माइ पेको भनाइ छ ।

यसरी प्राप्त भएको क्वाइन अब ग्राहकले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्नेछन् । मानौं अघिको तपाईको पहिलो कारेबारबाट २० क्वाइन जम्मा भएको छ । अब तपाईंले अर्काे कारोबारको रूपमा रु १ हजारको कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो । अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माइ पे वालेटमा तीन वटा विकल्प देखाउँछ ।

पहिलो विकल्प छनौट गर्दा तपाईको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रूपमा तपाईले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रूपमा तपाईले ब्यालेन्स र माइ पे क्वाइनलाई मिलाएर कारोबार गर्न सकिन्छ ।

जस्तो रु १,००० को बिल तिर्दा तपाईंले रु ९८० तपाईको बालेटमा भएको रुपैयाँबाट र रु २० नगद नभई माइ पे क्वाइनबाट भुक्तानी गर्न सकिन्छ । यस भुक्तानी पछि पनि क्यास रिफन्डका रूपमा नगद र माइ पे क्वाइन प्राप्त गर्न सकिनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माइ पेले जनाएको छ ।

यदि प्रयोगकर्तासँग पर्याप्त माइ पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । कम्पनीका अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ ।

‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माइ पे का प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले भने, ‘यही समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माइ पे क्वाइन संचालनमा ल्याएका छौं ।’

 

 

सिभिल बैंकले गर्‍यो थप २९ संस्थासँग साझेदारी, ग्राहकले अब ६९ कम्पनीको सेवामा छुट पाउने Read Previous

सिभिल बैंकले गर्‍यो थप २९ संस्थासँग साझेदारी, ग्राहकले अब ६९ कम्पनीको सेवामा छुट पाउने

चितवनमा २ अर्ब लगानीमा क्यान्सर अस्पताल, दशैंअघि नै संचालनमा आउने Read Next

चितवनमा २ अर्ब लगानीमा क्यान्सर अस्पताल, दशैंअघि नै संचालनमा आउने