काठमाडौं । सिभिल बैंकले थप २९ वटा संस्थासँग छुट सम्बन्धी सम्झौता गरेको छ । आफूले प्रदान गर्ने सेवा बाहेक आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउन बैंकले थप २९ वटा संस्थासँग सम्झौता गरेको हो ।
योसँगै अब बैंकका ग्राहकले विभिन्न ६९ संस्थाले प्रदान गर्ने सेवामा छुट पाउने छन् । बैंकका ग्राहकले होटल, रेष्टुरेन्ट, प्याथोलोजी, फर्निचर उत्पादक कम्पनी, ट्रेनिङ सेन्टर, मार्ट, अस्पताल, सैलुन लगायतको सेवामा छुट पाउने छन् ।
बैंकका अनुसार सिभिल स्मार्ट मोबाइल बैंकिङ एप वा एटीएम प्रयोग गर्दा विशेष छुट पाउनेछन् ।
बैंकले हालसम्म विभिन्न ६९ साझेदारहरुसंग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरिसकेको बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोलाबहादुर विष्ट जानकारी दिए ।
उनले बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बताए ।
सिभिल बैंकका ग्राहकहरुले अब विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट (मोवाइल बैंकिङ्ग एप’ अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा ती कम्पनीको सेवामा आकर्षक छुटहरु पाउने छन् ।
बैंकले हाल देशभरका ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर, ९९ एटीएममार्फत सेवा दिँदै आएको छ ।