नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । अघिल्ला ३ कारोबार दिनमै ८० अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने सुधार आउन सकेन । आज करिब पौने ३ अर्बको सेयर किनबेच भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेको छ । यसदिन २१९ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक साढे १२ करोड र फरवार्ड माइक्रोफाइनान्स झन्डै १० करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, तेह्रथुम पावर ९.६५ प्रतिशत, उपकार लघुवित्त ९.१३, गुह्येश्वरी मर्चेन्ट ८.५७, साहस ऊर्जा ६.११, बुद्धभूमि नेपाल ५.९१, मैलुङखोला ५.७१, स्वरोजगार लघुवित्तको सेयर मूल्य ४.११ प्रतिशतले बढेको छ ।

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ६० प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ? Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ६० प्रतिशत सकियो, अब कति मिटर बाँकी छ ?

बैंकको बेसरेट नै दोहोरो अंकमा, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेटसहित) Read Next

बैंकको बेसरेट नै दोहोरो अंकमा, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेटसहित)