नेप्सेमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार ७ अंकले घटेको नेप्से आज ३८ अंकले घटेको हो ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै भदौ ८ गते भित्र सेयर धितो कर्जा सीमामा ल्याइसक्न र र नल्याए शतप्रतिशत जोखिम भार व्यवस्थापन गर्न निर्देशन दिएसँगै बजारमा दबाब परेको हो । साथै, राष्ट्र बैंकले बैंकहरुलाई ब्याज बढाउन बाध्य पार्ने नीति ल्याउँदा पनि लगानीकर्ता थप त्रसित बनेका हुन् ।

बिहीबार नेप्से ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा आइपुगेको छ । यसदिन २१५ कम्पनीको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ५.१३ प्रतिशतले घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी १३ करोड र अपी पावर साढे १२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज युनाइटेड इदीमर्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ९.५२ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमाल दोलखा ५.३०, साल्ट ट्रेडिङ ५.१५, विशाल बजार ५, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मैलुङ खोला, युनाइटेड मोदी र लुम्बिनी विकास बैंकको सेयर मूल्य साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

वाणिज्य बैंकहरूको नाफा २२ प्रतिशतले बढ्यो, कुनले कति कमाए ? Read Previous

वाणिज्य बैंकहरूको नाफा २२ प्रतिशतले बढ्यो, कुनले कति कमाए ?

मङ्सिर ४ गते आम निर्वाचन गर्ने सरकारको निर्णय Read Next

मङ्सिर ४ गते आम निर्वाचन गर्ने सरकारको निर्णय