व्यापारमा टाटा मोटर्सको नयाँ रेकर्ड, जुलाइमा अहिलेसम्मकै धेरै गाडी विक्री

काठमाडौं । टाटा मोटर्सले गाडी विक्रीमा रेकर्ड बनाएको छ । कम्पनीले जुलाइ महिनामा भारतीय बजारमा टाटा ब्राण्डका साढे ४७ हजार गाडी बेच्दै नयाँ रेकर्ड बनाएको हो ।

सन् २०२२ को जुलाइमा टाटा ब्राण्डका ४७ हजार ५०५ वटा गाडीहरू विक्रीभएका छन्, यो अहिलेसम्म कुनै पनि एक महिनामा विक्री भएको सबैभन्दा धेरै हो ।

अघिल्लो वर्षको जुलाइमा टाटाले ३० हजार १८४ वटा गाडीहरू विक्री बेचेको थियो । चालु वर्षमा कम्पनीले गत वर्षको तुलनामा ५७ प्रतिशत धेरै गाडी बेचेको हो ।

नेक्सन एसयूभी टाटा मोटर्सको सबैभन्दा बढी विक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्योगको सबैभन्दा बढी विक्री हुने ५ गाडीहरूमध्ये एक पनि हो । यस एसयूभीको अलावा पन्च र एल्ट्रोजको बजार विक्री अवस्था पनि निरन्तर रूपमा उत्साहजनक बन्दै गएको छ । परिणामस्वरुप टाटाका गाडीहरूको कुल विक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ÷ नयाँ रेकर्डको कायम भइरहेको छ ।

गत महिना ५ हजार ४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) विक्री भएको थियो । यो मासिक विक्री संख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो ।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात यी तिनै वटा गाडीहरूको विक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ । गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको विक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ । यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयूभीको विक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ । सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोस्रो मोडल हो । गत महिना ११,००७ वटा पन्च विक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चारपांग्रे बजारको मासिक विक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल विक्री संख्या ४,०२२ रहेको छ । यो संख्या कम्पनीको आजसम्मकै विद्धुतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो । आफ्नो विद्धुतीय गाडीहरूको बढ्दो लोकप्रियताबाट उत्साहित हुँदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्नसक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो ।

लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३०% भन्दा बढी पनि नगद दिन पाउने Read Previous

लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३०% भन्दा बढी पनि नगद दिन पाउने

नेपालमै पहिलोपटक केबलकारभित्र रेष्टुरेन्ट Read Next

नेपालमै पहिलोपटक केबलकारभित्र रेष्टुरेन्ट