लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज, अब ३०% भन्दा बढी पनि नगद दिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश सम्बन्धी पुरानो व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै लाभांश सम्बन्धी विद्यमान व्यवस्था खारेज गरेको हो ।

यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था थियो । एकीकृत निर्देशन मार्फत सो व्यवस्था खारेज गरेको हो ।

यससँगै अब बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी नगद लाभांश पनि दिन पाउने भएका छन् ।

अब संस्थागत निक्षेपकर्ताले साधरणकोभन्दा २ प्रतिशत कम ब्याज पाउने Read Previous

अब संस्थागत निक्षेपकर्ताले साधरणकोभन्दा २ प्रतिशत कम ब्याज पाउने

व्यापारमा टाटा मोटर्सको नयाँ रेकर्ड, जुलाइमा अहिलेसम्मकै धेरै गाडी विक्री Read Next

व्यापारमा टाटा मोटर्सको नयाँ रेकर्ड, जुलाइमा अहिलेसम्मकै धेरै गाडी विक्री