हिमालयन र बीओकेले चीनमा जिते मुद्दा, १० वर्षअघि डुबेको पौने २ अर्ब फिर्ता आउने

काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले चीनमा मुद्दा जितेका छन्। शुक्रबार चिनियाँ अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेको हो ।

दुवै बैंकले १० वर्षअघि मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको  चिनियाँ ठेकेदार चाइना रेल्वे विरूद्धको जमानत ग्यारेन्टी बसे बापत भएको नोक्सानी असुलउपरको मुद्दा जितेका हुन्  ।

चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो। उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा यी दुई नेपाली बैंकले जितेका हुन्।

मुद्दा जितेसँगै बीओकेको करिब १ अर्ब (६६ लाख २५ हजार डलर र १४ लाख ११ हजार यूरो) र हिमालयनको करिब ८० करोड (६६ लाख डलर) रुपैयाँ काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता आउने भएको छ ।

उच्च अदालतबाट बैंकको पक्षमा आएको अन्तिम फैसलासँगै मुद्दा प्रक्रिया टुंगिएको छ ।दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन। त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने हुन्छ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो। यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।

१० वर्षदेखि विभिन्न तहका अदालतहरुमा निरन्तर बहस चलेको थियो। हरेक पटक बैंकहरुको पक्षमा फैसला आएपनि माथिल्लो तहमा जाने कारणले फिर्ता हुन सकेको थिएन।

२००९ मा चिनीयाँ निमार्ण कम्पनी चाइना रेल्वे १५ ब्यूरोले मेलम्चीको सुरुङ्ग खन्ने ठेक्का पायो थियो । चाइना रेल्वेले २०१२ सम्ममा ६४४४ मिटर सुरुङ खनीसकेपछि बीचैमा काम छाडरे भागेपछि जमानत ग्यारेन्टी बसेका यी दुई बैंकको करिब पौने अर्ब बढी रकम फसेको थियो ।

प्राइम कमर्शियलको खुद नाफा साढे ३ अर्ब माथि, लाभांश क्षमता कति ? Read Previous

प्राइम कमर्शियलको खुद नाफा साढे ३ अर्ब माथि, लाभांश क्षमता कति ?

तमोर कोरिडोर 'आसफाल्ट' प्रविधिबाट कालोपत्र गरिने, पौने ६ अर्ब स्रोत सुनिश्चित Read Next

तमोर कोरिडोर 'आसफाल्ट' प्रविधिबाट कालोपत्र गरिने, पौने ६ अर्ब स्रोत सुनिश्चित