डिशहोमका सेवाहरू अब अनलाइनबाटै रिचार्ज गर्न सकिने

काठमाडैं । डिशहोमले प्रदान गर्ने सेवाहरू अब अनलाइन्बाटै रिचार्ज गर्न सकिने भएको छ ।

कम्पनीका सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट डीटीएच कम्बो प्याक अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत रिचार्ज गर्न सकिने भएको हो ।

यी सेवाको रिचार्ज अब आइएमई पे, ई सेवा, खल्ती र प्रभु पेमार्फत सजिलै अनलाइन रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

रिचार्ज गर्ने क्रममा आफूले कुन सेवा लिएको हो बुझेर मात्र रिचार्ज गर्न कम्पनीले आग्रह गरेको छ । जस्तै, डिशहोम डीटीएच मात्र प्रयोग गरेको भए टीभी सेग्मेन्टमा गएर डिशहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै डिशहोम फाइबरनेट मात्र चलाएको भए इन्टरनेट सेग्मेन्टमा गएर डिशहोम फाइबरनेटमा क्लिक गरेर रिचार्ज गन सकिने कम्पनीले बताएको छ ।

त्यस्तै फाइबरनेट डीटीएच कम्बो प्याकेज लिएको भए टीभी सेग्मेन्टमा गएर डिशहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेजरिचार्ज गर्न सक्नेछन् ।

अनलाइन रिचार्जको क्रममा केही समस्या आएमा ग्राहक केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा Read Previous

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न परिसंघकाे आग्रह Read Next

औद्योगिक क्षेत्रमा बढाइएको भाडा तत्काल फिर्ता गर्न परिसंघकाे आग्रह