मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट हेर्नुहोस् नतिजा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट गरिएको छ ।

कम्पनीको सेयर विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले आज अपराह्न ४ बजे आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ९ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ९ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । १४ लाख बढीको हात रित्तो भएको छ ।

कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता सेयर विक्रीम ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

मल खरिदमा जीटूजी : अर्को वर्षदेखि धान रोप्ने बेला हट्ला अभाव ? Read Previous

मल खरिदमा जीटूजी : अर्को वर्षदेखि धान रोप्ने बेला हट्ला अभाव ?

डिशहोमका सेवाहरू अब अनलाइनबाटै रिचार्ज गर्न सकिने Read Next

डिशहोमका सेवाहरू अब अनलाइनबाटै रिचार्ज गर्न सकिने