नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता सेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं। नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्थाले आजदेखि ७९ हजार ८७३ कित्ता सेयर लिलामीमा ल्याएकाे छ । लघुवित्तले संस्थापकतर्फ (प्रमोटर)को उक्त सेयर विक्री गर्न लागेको हो ।

लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने छन् । यस्तै, बोलकबोल गर्दा सेयरको भाउ न्यूनतम ७५० रुपैयाँभन्दा कम नघटाइ आवेदन दिनुपर्नेछ ।

उक्त लिलामी सेयरमा संस्थाका विद्ययमान प्रमोटर सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि आवेदन दिन पाउने छन् ।

बोलकबोलमा साउन २२ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ। बोलपत्र फाराम बैंकको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलबाट पाइने छ ।

सेञ्चुरी कमर्शियल बैंकको सेयर कारोबार रोक्का Read Previous

सेञ्चुरी कमर्शियल बैंकको सेयर कारोबार रोक्का

भू-उपयोग नियमावलीले पनि रोकेन कित्ताकाट, एक वर्षमै पारियो १६ लाख टुक्रा Read Next

भू-उपयोग नियमावलीले पनि रोकेन कित्ताकाट, एक वर्षमै पारियो १६ लाख टुक्रा