सिभिल बैंकका ग्राहकले ४० कम्पनीको सेवामा छुट पाउने, कुनमा कति ?

काठमाडौं । सिभिल बैंकका ग्राहकले विभिन्न क्षेत्रका ४० वटा संस्थाले प्रदान गर्ने सेवामा छुट पाउने भएका छन् ।

आफूले प्रदान गर्ने सेवा बाहेक आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउन बैंकले विभिन्न ४० संस्थासँग साझेदार गर्दै ग्राहकले विशेष छुट पाउने व्यवस्था मिलाएको हो ।

बैंकका ग्राहकले अस्पताल, होटल, केबलकार, फार्मेसी लगायत ४० संस्थाको सेवामा विशेष छुट पाउने छन् ।

बैंकले हालसम्म विभिन्न ४० साझेदारहरुसंग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरिसकेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्ट जानकारी दिए ।

उनले बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बताए ।

सिभिल बैंकका ग्राहकहरुले अब विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट -मोवाइल बैंकिङ्ग एप’ अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा ती कम्पनीको सेवामा आकर्षक छुटहरु पाउने छन् ।

बैंकले हाल देशभरका ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर, ९९ एटीएममार्फत सेवा दिँदै आएको छ ।

 

प्लाष्टिकबाट सडक कालोपत्र Read Previous

प्लाष्टिकबाट सडक कालोपत्र

त्रिवेणी क्याम्पसको भवन निर्माण मापदण्ड विपरीत, ठेकेदार र इन्जिनियरलाई कारबाही गरेर रकम असुल्न सुझाव Read Next

त्रिवेणी क्याम्पसको भवन निर्माण मापदण्ड विपरीत, ठेकेदार र इन्जिनियरलाई कारबाही गरेर रकम असुल्न सुझाव