प्लाष्टिकबाट सडक कालोपत्र

सांकेतिक तस्वीर

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा खेर गएका प्लाष्टिकलाई उपयोग गरी सडक निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिका– ७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको हो ।

नगरपालिका–७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं पोखरास्थित ग्रिन रोड फोहर व्यवस्थापन प्रालिले प्राविधिक सहयोग गरेको थियो ।
उक्त सडक ३३० मिटर लामो छ भने सडकको चौडाई ३.५ मिटर छ । सो कार्यका लागि २२० केजी प्लास्टिक प्रयोग भएको सूर्य नेपालका हुमनाथ अर्यालले बताए ।

उक्त प्लास्टिक सेराटारका बासिन्दा र केही नगरपालिकाको फोहरमैला फाल्ने स्थानबाट सङ्कलन गरी ल्याइएको उनले जानकारी दिए । सडक निर्माणमा प्रयोग गरिएको प्लास्टिकले २० प्रतिशत अलकत्राको प्रयोग घटाउने अर्यालको भनाइ थियो ।

पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकलाई सफा गरी आवश्यक तापक्रममा राखेर अलकत्रासँग मिसाएर प्रयोग गरिएको हो । केही महिनाअघि सूर्य नेपालको सहयोगमा प्लास्टिक जम्मा गर्न तालिम प्रदान गरी स्थानीय बासिन्दालाई प्लास्टिक जम्मा गर्न लगाइएको थियो ।

सडकमा प्लास्टिक प्रयोग भएपछि पानीले सडक चाँडो नबिग्रने, अलकत्राको प्रयोग कम हुने र आयात घट्ने व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिए।

सडकका सबै संरचना निर्माणका लागि सूर्य नेपालले ४९ लाख र नगरपालिकाको ३ लाख रुपैयाँ लगानी गरेकोे बताइएको छ ।रासस

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल Read Previous

खोला ओगट्ने कम्पनीको लाइसेन्स खारेज गरिनेछ : ऊर्जामन्त्री भुसाल

सिभिल बैंकका ग्राहकले ४० कम्पनीको सेवामा छुट पाउने, कुनमा कति ? Read Next

सिभिल बैंकका ग्राहकले ४० कम्पनीको सेवामा छुट पाउने, कुनमा कति ?