नेप्सेमा ५० अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । बजार खुलेदेखि निरन्तर बढेको बजारमा अन्तिम १० मिनेटमा तीव्र उतरचढाव देखिएको हो ।

दिनभरमा नेप्सेमा ५० अंकको उतरचढाव आएको छ । दिउँसो १:४०सम्म झन्डै ४५ अंकले बढेको नेप्से २ः५५ बजे ८ अंकले घटेको थियो भने अन्त्यमा १५ अंकले बढेर बन्द भएको छ ।

सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८१ करोडले बढेर झन्डै ५ अर्ब पुगेको छ ।

बिहीबार नेप्से १५.४४ अंकले बढेर २१२७.४२ विन्दुमा पुगेको छ । यसदिन २२१ कम्पनीको ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँ बराबरको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये निर्जीवन बीमा, उत्पादनमूलक र अन्यबाहेक बाँकी १० समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.२७ प्रतिशतले बढेको छ ।

आज अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट पौने १६ करोड र अपर तामाकोशी १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन्ध्यावासिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने राष्ट्र उत्थान लघुवित्त, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, समृद्धि फाइनान्स, रिभर फल्स पावर, ग्ह्येश्वरी मचेन्ट, मध्येभोटेकोशी, तारागाउँ रिजेन्सी होटल र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

फाइनान्स र विकास बैंकको सेयरमा किन देखिँदै छ उच्च आकर्षण ? Read Previous

फाइनान्स र विकास बैंकको सेयरमा किन देखिँदै छ उच्च आकर्षण ?

बालाजु-रानीपौवा सडक : ७ पटक म्याद थप्दा बल्ल आधा काम पूरा, ठेक्का तोड्ने प्रक्रिया अघि बढाइँदै Read Next

बालाजु-रानीपौवा सडक : ७ पटक म्याद थप्दा बल्ल आधा काम पूरा, ठेक्का तोड्ने प्रक्रिया अघि बढाइँदै