फाइनान्स र विकास बैंकको सेयरमा किन देखिँदै छ उच्च आकर्षण ?

काठमाडौं । फाइनान्स कम्पनी र विकास बैंकको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि यससाता (मंगलबार बाहेक) नेप्से उच्च अंकले बढिरहेको छ ।

बढ्दो बजारमा लगानीकर्ताको रोजाइमा फाइनान्स र विकास बैंकको सेयर परेको छ । नेप्सेमा १३ समूहका कम्पनी सूचीकृत भए पनि फाइनान्स र विकास बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

अन्य क्षेत्रका कम्पनीको तुलनामा फाइनान्स र विकास बैंकको सेयरको माग उच्च छ भने आपूर्ति न्यून रहेको छ ।

अन्य क्षेत्रका कम्पनीको तुलनामा यी क्षेत्रका कम्पनीको सेयर संख्या कम हुने र बजार बढ्दा छिटै मूल्य बढ्ने भएकाले लगानीकर्ताहरु आकर्षित हुँदै आएका छन् ।

यद्यपि, सेयर संख्या थोरै हुने भएकाले स्वार्थ समूहले पनि सजिलै चलखेल गरी भाउ बढाउन÷ घटाउने गरेको बताइन्छ । बढ्दो बजारमा पनि चलखेल गरी भाउ बढाउने आशमा पनि लगानीकर्ता फाइनान्सको सेयरमा झुम्मिने गरेका छन् ।

यस सता धेरै मूल्य बढ्नेमा अधिकांश फाइनान्स कम्पनी रहेका छन् । केही फाइनान्स कम्पनीको सेयर मूल्यमा दैनिक १० प्रतिशतले बढ्दै अर्थात् पोजेटिभ सर्किट समेत लाग्दै आएको छ ।

यद्यपि, लाभांश प्रतिफल भने फाइनान्स कम्पनी र विकास बैंकको अन्य क्षेत्र (वाणिज्य बैंक, हाइड्रोपावर, बीमा) कम्पनीको हाराहारीमा रहने गरेको छ ।

हराएका २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता Read Previous

हराएका २० वटा मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

नेप्सेमा ५० अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा ५० अंकको उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी